पोखरामा सडक र घर भासियो

पोखरामा सडक र घर भासियो

२०७९, आषाढ १२ आइतवार

  • 1.1K
    SHARES

  • पोखरामा सडक र घर भासियो

    कास्की । लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका ४ मा सडकसहित एक घर भासिएको छ ।

    फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । वडाध्यक्ष देवीकृष्ण पराजुलीका अनुसार सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ ।

    सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

    घटनास्थलमा महानगरपालिकाको टोली निरीक्षणमा गएको छ ।

    २०७९, आषाढ १२ आइतवार१०:०६:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार