पत्रकार महासङ्घलाई प्रोजेक्टर र नगद

पत्रकार महासङ्घलाई प्रोजेक्टर र नगद

२०७७, पौष २२ बुधवार

  • 1.1K
    SHARES

  • पत्रकार महासङ्घलाई प्रोजेक्टर र नगद

    पौष २२, बागलुङ ।

    पत्रकार महासङ्घ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद रु.२० हजार मङ्गलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरे । 

    शाखाको नवनिर्मित भवनमा बनिरहेको तालिमकक्षका लागि पौडेलले प्राजेक्टर र फर्निचर व्यवस्थापनका लागि थापाले नगद सहयोग गर्नुभएको अध्यक्ष शिरीषले बताए । महासङ्घको संस्थागत क्षमता विकासलगायतमा समाजमार्फत आगामी दिनमा पनि सहयोग र सहकार्यलाई अघि बढाइने महासचिव पौडेलले बताए । 

    बागलुङ समाज बेल्जियमका अध्यक्ष थापाले समाजको नीतिअनुसार महासङ्घलाई आर्थिक सहायता दिन नमिल्ने भएकाले आफूले व्यक्तिगतरूपमा सहयोग गरेको उल्लेख गरे । समाजले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

    शाखा अध्यक्ष शिरीषले स्वतःस्फूर्त प्राप्त भएको सहयोगले महासङ्घप्रतिको सबै अपनत्व र सद्भावलाई झल्काएको बताए । 

    भवन निर्माणदेखि महासङ्घका हरेक क्रियाकलापमा समुदायबाट सहयोग र समर्थन जुटेको उनको भनाइ छ । हालै निर्माण सम्पन्न भई उद्घाटन गरिएको महासङ्घको तीनतले सुविधासम्पन्न भवन पनि बृहत् सहयोग अभियानबाट सङ्कलित बजेटबाट बनेको हो ।

    रु एक करोडभन्दा बढीको लागतमा बनेको भवनका लागि जनसाधारणदेखि राज्यका निकायको आर्थिक सहयोग छ । आइतबार मात्रै प्रभु बैङ्कसँगको सहकार्यमा महासङ्घले आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो । 

    २०७७, पौष २२ बुधवार०७:३७:४८
    प्रतिक्रिया
    सम्बन्धित समाचार