एम बैंक बन्यो सहकारी क्षेत्रमा आइएसओ पाउने पहिलो सफ्टवेयर कम्पनी 

एम बैंक बन्यो सहकारी क्षेत्रमा आइएसओ पाउने पहिलो सफ्टवेयर कम्पनी 

२०७९, आषाढ १६ बिहिवार

  • 1.0K
    SHARES

  • एम बैंक बन्यो सहकारी क्षेत्रमा आइएसओ पाउने पहिलो सफ्टवेयर कम्पनी 

    काठमाडौं । सफ्टवेयर कम्पनी एम बैंक टेक्नोलोजी सहकारीको क्षेत्रमा काम गर्ने संस्था मध्येकै पहिलो आइएसओ २७००१:२०१३ बाट प्रमाणीकरण हुने पहिलो संस्था बन्न सफल भएको छ। एम बैंकले ग्राहकलाई उच्च गुणस्तरको सूचना सुरक्षा व्यवस्थापन प्रणाली प्रदान गरेको कारणले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट) २७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो।   

    यससंगै एम बैंक सहकारीको क्षेत्रमा काम गर्ने सफ्टवेर कम्पनिहरु मध्ये एम बैंक आइएसओ ९००१ तथा २७००१ प्राप्त गर्ने पहिलो सफ्टवेर कम्पनी बन्न सफल भएको छ। एम बैंकले यसअघि पनि आइएसओ ९००१:२०१५ प्रमाणीकरण प्राप्त गरिसकेको छ ।
      
    एप एक, सुविधा अनेक भन्ने नारा सहित सहकारी डिजिटाइजेसनमा अगाडी बढी रहेको अत्याधुनिक मोबाइल बैंकिङ सेवा प्रदायक अग्रणी सफ्टवेयर कम्पनी हो। यसको साथै सहकारीको क्षेत्रमा काम गर्ने सफ्टवेर कम्पनिहरु मध्ये एम बैंक आइएसओ ९००१ तथा २७००१ प्राप्त गर्ने पहिलो सफ्टवेर कम्पनी बन्न सफल भएको छ । 

    आइएसओ ९इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट० २७००१ः२०१३ बाट प्रमाणीकरण हुनुभनेको सुरक्षित तवरले काम गर्न सक्ने एउटा बिश्वासको आधार हो। यस प्रमाणीकरणले एम बैंक प्लेटफर्म अन्तर्गत ग्राहकहरुका हरेक डाटा तथा कारोबारहरु सुरक्षित रहेका छन् र त्यसमा कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ। 

    कम्पनीको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिष्णु महर्जनका अनुसार आइएसओ २७००१ इन्फोरमेसन सेच्युरिटि कम्प्लायांस प्रदर्शन गर्ने एउटा माध्यम हो जसले ग्राहक तथा प्रयोगकर्ताको विश्वासलाई बढाउने काम गर्छ । कम्पनीले बिगत ७ बर्षदेखि निरन्तर आफ्नो आई. टि. पूर्वाधार तथा सिस्टममा लगानी गर्दै आएको छ र आगामि दिनहरुमा पनि ग्राहकको सुरक्षामा केन्द्रित रही आफ्नो सेवाहरु बढाउदै लैजाने प्रतिबद्दता जनाएको छ।  

    कम्पनीका सिस्टम तथा सेक्यूरिटी प्रमुख निशान पाठकका अनुसार आइएसओ २७००१ प्रमाणीकरणको लागि कम्पनीका सबै कर्मचारीहरुले बर्षौ प्रतिवद्धताका साथ मिहेनत गरेको थियो । 

    'यो कुनै सानो कार्य होइन, यो प्रमाणीकरण गर्नको लागि हाम्रो कम्पनीले बर्षौ कर्मचारी प्रशिक्षणमा परिश्रम लगाएको थियो । प्रमानिकरण भनेको खाली सहि सेक्युरिटी डकुमेन्ट बनाउने अनि आई. टि. अडीट गर्ने मात्रै होइन, डाटा सुरक्षा तथा संरक्षणको गम्भीरतापुर्बक हरेक कर्मचारीहरुले पालना गर्ने कम्पनी कल्चरको नै बिकास गर्नु हो' पाठकले भन्नुभयो।  

    मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एम बैंकले हाल सम्म देशभरका ५ सयभन्दा बढी सहकारीलाई प्रविधिमा जोडेको छ । प्राय: जुनसुकै सहकारी सफ्टवेयरमा जडान गर्न सकिने एक मात्र मोबाइल बैंकिङ एप एम बैंक हो। 

    एम बैंक प्रयोगकर्ताहरुले घरमै बसेर पनि सहकारीको मोवाईल सेवा उपभोग गरि पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, मोवाईल रिचार्ज, सहकारीबाट बैकमा तथा बैकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, अनलाइन रेमिटान्स लगाएत अन्य थुप्रै सेवाहरू सजिलै उपभोग गर्न सकिन्छ  ।

    सहकारी संस्थाले पनि आफ्नै QR भुक्तानी सेवा प्रयोग गरि सहकारीका सेयर सदस्यज्युहरुलाई आफ्नो पसल तथा ब्यबसायमा त्तच् कोड मार्फत भुक्तानी गर्न र गराउने सुबिधा पनि एम बैंकले प्रदान गरेको छ ।

    २०७९, आषाढ १६ बिहिवार०६:५५:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार