दोस्रो टेस्टः पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

दोस्रो टेस्टः पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

२०७७, पौष २२ बुधवार

  • 1.3K
    SHARES

  • दोस्रो टेस्टः पाकिस्तानको लगातार दोस्रो हार, जेमिसनले लिए ११ विकेट

    पौष २२, काठमाडौँ ।

    अग्लो कदका तिब्र गतिका बलर काइल जेमिसनले ११ विकेट लिएसँगै न्यूजील्यान्डले पाकिस्तानलाई दोस्रो टेस्टमा एक इनिङ र १७६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

    यो जितसँगै न्यूजील्यान्ड टेस्ट क्रिकेटको विश्व वरियतामा पहिलो नम्बरमा उक्लेको छ । 

    पहिलो इनिङमा पाँच विकेट लिएका काइल जेमिसनले दोस्रो इनिङमा पनि प्रभावशाली खेल प्रदर्शन गर्दै पाकिस्तानका ६ खेलाडी आउट बनाएका थिए । ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए भने केन विलियम्सनले १ विकेट लिएका थिए । 

    पहिलो इनिङमा २९७ रन बनाएको पाकिस्तानले दोस्रो इनिङमा १८६ रन मात्र बनाउन सकेको थियो ।

    पहिलो इनिङमा ६५९ रन बनाएको न्यूजील्यान्डले अन्ततः पाकिस्तानलाई एक इनिङ र १७६ रनले पराजित गरेको हो ।

    दुई खेलको यस शृंखलामा न्यूजीन्यान्डले २–० ले विजयी भएको छ । 

    पहिलो इनिङमा व्यक्तिगत २३८ रन बनाएका कप्तान केन विलियम्सनले म्यान अफ द म्याच र म्यान अफ द सिरिजको उपाधि जिते । 

    दोस्रो इनिङमा पाकिस्तानका अविद अलिले २६, मोहम्मद अब्बासले ३, अजहर अलिले ३७, ह्यारिस सोहेलले १५, फवाद आलमले १६, मोहम्मद रिजवानले १०, फाहिम अश्रफले २८, जफार गोहारले ३७ रन बनाएका थिए ।  एजेन्सी

    २०७७, पौष २२ बुधवार०५:२१:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार