लन्डन । बेथ मिडको निर्णायक गोलमा आयोजक इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ।
बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो।
इंग्ल्यान्डको जितमा बेथ मिडले पहिलो हाफको १६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
जितसंगै समूह ए मा तीन अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रिया पुछारमा छ। जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा बिभाजन गरिएको छ। -एजेन्सी ।