महिला युरो: नर्वेको विजयी सुरुवात

महिला युरो: नर्वेको विजयी सुरुवात

२०७९, आषाढ २४ शुक्रवार

  • 1.4K
    SHARES

  • महिला युरो: नर्वेको विजयी सुरुवात

    एजेन्सी । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

    बिहीबार राति साउथह्याम्पटनमा भएको खेलमा नर्वेले सहज जित निकाल्ने क्रममा ४-१ अन्तरको जित निकाल्यो।

    नर्वेको जितमा जुलिइ ब्ल्याकस्टाड, फ्रिडा मानुम, ग्राहम हान्सेन, गुरो राइटेनले एक-एक गोल गरे। आयरल्यान्डका लागि जुलिइ नेल्सनले सान्त्वना गोल गरिन्।

    जितसँगै घरेलु टोली इंग्ल्यान्डलाई गोल अन्तरमा पछि पार्दै नर्वे समूह ए को शीर्ष स्थानमा उक्लिएको छ।

    समान तीन अंकको इग्ल्यान्ड दोस्रो स्थानमा छ। बिना अंकको अष्ट्रिया र आयरल्यान्ड क्रमश: तेस्रो र चौथो स्थानमा छन्।

    २०७९, आषाढ २४ शुक्रवार०७:५०:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार