मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ घाइते

मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ घाइते

२०७९, आषाढ २४ शुक्रवार

  • 1.1K
    SHARES

  • मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ घाइते

    किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । 

    आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । 

    मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताए । 

    मलामी बोकेर फर्किँदै गरेको ट्र्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारमा प्रहरी निरीक्षक सरोज खनालको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    ट्र्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ ।  प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    २०७९, आषाढ २४ शुक्रवार०५:३१:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार