अन्तिम खेलमा इंग्ल्यान्डद्वारा भारत पराजित

अन्तिम खेलमा इंग्ल्यान्डद्वारा भारत पराजित

२०७९, आषाढ २७ सोमवार

  • 853
    SHARES

  • अन्तिम खेलमा इंग्ल्यान्डद्वारा भारत पराजित

    नयाँ दिल्ली । अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ।

    यसअघि नै शृंखला भारतले आफ्नो पक्षमा पारेको थियो। तीन खेलको शृंखला भारतले २-१ ले जित्यो।

    २१६ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट गुमाएर १९८ रनमा समेटियो। भारतका लागि सुर्यकुमार यादवले ११७ रन बनाए। इंग्ल्यान्डका रिसी टोप्लेले ३ विकेट लिए।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २१५ रन बनायो। इंग्ल्यान्डका लागि डेभिड मालनले ७७ रन बनाए।

    भारतका हर्सल पटेल र रवी विश्नोईले समान दुई विकेट लिए। -एजेन्सी । 

    २०७९, आषाढ २७ सोमवार०७:३६:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार