न्युजिल्याण्डसँग आयरल्याण्ड १ रनले पराजित

न्युजिल्याण्डसँग आयरल्याण्ड १ रनले पराजित

२०७९, आषाढ ३२ शनिवार

  • 1.1K
    SHARES

  • न्युजिल्याण्डसँग आयरल्याण्ड १ रनले पराजित

    काठमाडौं । आयरल्याण्डलाई १ रनले हराउँदै न्युजिल्याण्डले एक दिवसीय शृङ्खलामा ३-० ले ह्वाइट वास गरेको छ ।

    न्युजिल्याण्डले पस्केको ३ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५९ रनमा सीमित समेटिएको छ । 

    आयरल्याण्डका लागि पाउल स्टर्लिङले १ सय २० रन तथा ह्यारी टेक्टरको १ सय ८ रन बनाएर आयरल्याण्ड न्युजिल्याण्डविरुद्ध पहिलो जीत हासिल गर्ने पथमा अग्रसर थियो । 

    यसअघि मार्टिन गप्टिलको ११५ तथा हेनरी निकोलसको ७९ रनको मद्दतले ६ विकेटको क्षतिमा ३६० रन बनाएको थियो । अब दुई टोलीबीच सोमबारबाट टी–२० खेल सुरु हुनेछ ।

     

    २०७९, आषाढ ३२ शनिवार११:३२:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार