एकदिवसीय श्रृंखलामा पनि भारतको कब्जा

एकदिवसीय श्रृंखलामा पनि भारतको कब्जा

२०७९, श्रावण २ सोमवार

  • 1.1K
    SHARES

  • एकदिवसीय श्रृंखलामा पनि भारतको कब्जा

    काठमाडौँ । भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २(१ ले जितेको छ। आइतबार राति भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारत ५ विकेटले विजयी भयो।

    इंग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए। इंग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए।

    यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर ५ बलमासबै विकेट गुमाउँदै २५९ रन बनायो।

    इंग्ल्यान्डकाजोस बट्लरले सर्वाधिक ६० रन बनाए। भारतका हार्दिक पाण्डयले ४ विकेट लिए।

    २०७९, श्रावण २ सोमवार०७:२९:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार