प्रधानमन्त्री पत्नी शाक्यद्धारा आर्थीक सहयोग

प्रधानमन्त्री पत्नी शाक्यद्धारा आर्थीक सहयोग

२०७७, पौष २३ बिहिवार

  • 3.5K
    SHARES

  • प्रधानमन्त्री पत्नी शाक्यद्धारा आर्थीक सहयोग

    पौष २३, काठमाडौं । 

    प्रधानमन्त्री पत्नी राधिका शाक्यले विद्यार्थी अस्मिता अधिकारीलाई आर्थीक सहयोग गरेकी छन् ।

    शाक्यले समता स्कूलबाट संसारकै महङ्गो आईग्लोन् कलेज स्विट्जरल्याण्डमा छात्रवृत्तिमा पढ्न जान लागेकी अस्मिता अधिकारीलाई वुधवार उनकै निवासमा भेटेकी हुन् ।

    उनले अस्मितालाई मिहेनत गरेर पढ्नुपर्छ, तिमीसँग सिङ्गो हामी सबैको देश नेपालको नाम जोडिएको छ भनी सम्झाउँदै उनको हातमा ल्यापटप किन्न रु.साठी हजार राखिदिइन् र भनिन् यो मेरो पेन्सनको पैसा हो।

    अस्मितालाई केही न्यानो कपडा, आईग्लोन् कलेजका सर एमसी डोनाल्डलाई नेपाली पस्मिना उपहार दिँदै समता र अस्मिताको यो उपलब्धिमा अत्यन्तै धेरै खुसी लागेको छ, उनले भनीन् । 

    २०७७, पौष २३ बिहिवार०१:०६:४४
    प्रतिक्रिया
    सम्बन्धित समाचार