कान्तिपुर पब्लिकेशन्स र टेलिभिजनको सीईओमा क्रमशः स्वाँर र पछाई नियुक्त

कान्तिपुर पब्लिकेशन्स र टेलिभिजनको सीईओमा क्रमशः स्वाँर र पछाई नियुक्त

२०७९, श्रावण ४ बुधवार

  • 1.8K
    SHARES

  • कान्तिपुर पब्लिकेशन्स र टेलिभिजनको सीईओमा क्रमशः स्वाँर र पछाई नियुक्त

    काठमाडौँ । कान्तिपुर पब्लिकेशन्स र कान्तिपुर टेलिभिजन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा क्रमशः महेश स्वाँर र शिशिर पछाई नियुक्त भएका छन्।

    सोमबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आयोजित छुट्टाछुट्टै कार्यक्रममा स्वाँर र पछाईलाई उक्त जिम्मेवारी दिइएको घोषणा गरेका हुन्।

    यसअघि पब्लिकेशन्स्मा नायब महाप्रबन्धकका रूपमा कार्यरत स्वाँरसँग दुई दशकभन्दा लामो पेसागत अनुभव छ।

    त्यस्तै, कान्तिपुर टीभीका नवनियुक्त सीईओ पछाईले पनि सोमबारदेखि कार्यभार सम्हालेका छन्।

    कान्तिपुर पब्लिकेशन्स अन्तर्गत कर्पोरेट प्रमुखलगायत विभिन्न पदमा १८ वर्ष काम गरेका पछाई यसअघि एफवान सफ्ट इन्टरनेसनलमा ग्रुप चिफ अपरेटिङ अफिसर थिए।

    २०७९, श्रावण ४ बुधवार०८:०९:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार