महिला यूरो: अतिरिक्त समयको गोलद्धारा इंग्ल्यान्ड सेमिफाइनलमा

महिला यूरो: अतिरिक्त समयको गोलद्धारा इंग्ल्यान्ड सेमिफाइनलमा

२०७९, श्रावण ५ बिहिवार

  • 1.9K
    SHARES

  • महिला यूरो: अतिरिक्त समयको गोलद्धारा इंग्ल्यान्ड सेमिफाइनलमा

    काठमाडौं । प्रतिस्पर्धात्मक बनेको खेलको अतिरिक्त समयमा स्पेनलाई २-१ अन्तरले पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति भएको खेलमा पुनरागमन गर्दै इंग्ल्यान्ड खेलमा फर्कन सफल भयो । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

    इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको नाममा सान्त्वना गोल रह्यो ।

    अब, फाइनल प्रवेशका लागि इंग्ल्यान्डले स्विडेन र बेल्जियमबीचको विजेतासंग खेल्नेछ । -एजेन्सी । 

    २०७९, श्रावण ५ बिहिवार०८:११:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार