साबिक विजेता नेदरल्यान्डलाई स्तव्ध बनाउँदै फ्रान्स महिला युरोको सेमिफाइनलमा

साबिक विजेता नेदरल्यान्डलाई स्तव्ध बनाउँदै फ्रान्स महिला युरोको सेमिफाइनलमा

२०७९, श्रावण ८ आइतवार

  • 1.2K
    SHARES

  • साबिक विजेता नेदरल्यान्डलाई स्तव्ध बनाउँदै फ्रान्स महिला युरोको सेमिफाइनलमा

    एजेन्सी । फ्रान्स पहिलो पटक महिला युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

    गएराति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेको हो।

    यसको लािग इभ पेरिसेटले खेलको १०२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन्।

    फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो।

    खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनी फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन्। योसँगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ।

    अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ। अर्को सेमिफाइनलमा स्विडेन र इंग्ल्यान्ड भिड्ने पक्का छ।

    सेमिफाइनलमा प्रवेश गरेको खुसी साट्दै फ्रान्स म्यानेजर कोरिन डिआक्रेले भनिन्,’हामी यहाँ इतिहास बनाउन आएका हौँ।’

    २०७९, श्रावण ८ आइतवार०७:३७:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार