प्रेस युनियनको अध्यक्षमा संस्थापनइतर शिव लम्साल विजयी 

प्रेस युनियनको अध्यक्षमा संस्थापनइतर शिव लम्साल विजयी 

२०७९, श्रावण ८ आइतवार

  • 1.7K
    SHARES

  • प्रेस युनियनको अध्यक्षमा संस्थापनइतर शिव लम्साल विजयी 

    काठमाडौं । कांग्रेस निकट नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । उनी संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

    महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् । 

    खुला उपाध्यक्षमा लम्साल प्यानलका नकुल अर्याल निर्वाचित भएका छन् ।

    खुला उपाध्यक्षमै अर्को कोटामा भने संस्थापन पक्षका भीष्मराज ओझा निर्वाचित भए । कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भए । 

    लम्साललाई शेखर - गगन समूहको साथ रहेको थियो । 

    २०७९, श्रावण ८ आइतवार०९:४८:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार