साफ यू-२०ः नेपालको सानदार विजयी सुरुआत, माल्दिभ्स ४-० गोल अन्तरले पराजित 

साफ यू-२०ः नेपालको सानदार विजयी सुरुआत, माल्दिभ्स ४-० गोल अन्तरले पराजित 

२०७९, श्रावण १० मंगलवार

  • 1.1K
    SHARES

  • साफ यू-२०ः नेपालको सानदार विजयी सुरुआत, माल्दिभ्स ४-० गोल अन्तरले पराजित 

    काठमाडौँ। नेपालले साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

    भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा मालदिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

    मालदिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले  एक एक गोल गरे ।

    मालदिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औँ मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।

    कप्तान आयुष घलानको फ्रि-किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहीँ बल नियन्त्रणमा लिँदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे ।

    दोस्रो हाफमा नेपालले थप दुई गोल गर्‍यो । खेलको ५८ औँ मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए  ।

    खेलको ६२ औँ मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए ।

    माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् ।

    त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए ।

    त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । मालदिभ्सले पनि केही अवसरलाई खेर फालेको थियो ।

    जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ ।

    च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ ।

    अब नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बङ्गलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

    शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । 

    २०७९, श्रावण १० मंगलवार०७:५१:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार