दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ यात्रु घाइते, ६ जनाको अवस्था चिन्ताजनक

दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ यात्रु घाइते, ६ जनाको अवस्था चिन्ताजनक

२०७९, श्रावण ११ बुधवार

  • 1.5K
    SHARES

  • दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ यात्रु घाइते, ६ जनाको अवस्था चिन्ताजनक

    नवलपरासी । नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन्। घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने चिन्ताजनक रहेको छ।

    कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए। उनका अनुसार बसमा ३१ जना जना सवार थिए।

    घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ। अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ।

    २०७९, श्रावण ११ बुधवार०९:३१:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार