‘तीजको रमझमी’ गीत सार्वजनिक

‘तीजको रमझमी’ गीत सार्वजनिक

२०७९, श्रावण १४ शनिवार

  • 3.8K
    SHARES

  • ‘तीजको रमझमी’ गीत सार्वजनिक

    काठमाडौँ । धेरै सार्वजनिक भएका तीज गीतहरूको भिडमा केही विशेषता बोकेर ‘तीजको रमझमी’ बोलको गीत सार्वजनिक भएको छ । 

    चर्चित गायिका अन्नु चौधरीको स्वरमा रहेको तीज गीतमा पछिल्लो समय व्यस्त बन्दै गइरहेकी मोडल अंशु न्यौपानेले छमछमी नाचेकी छिन् ।

    सफल सङ्गीतकार तारा प्रकाश लिम्बुको सङ्गीत तथा डिपी खनालको शब्द रहेको गीतलाई सबिन लिम्बुले एरेञ्ज गरेका छन् । प्यासिफिक प्रोडक्सनले निर्माण गरेको ‘तीजको रमझमी’बोलको गीत प्यासिफिक प्रोडक्सनस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

    पछिल्लो समयका सफल तथा व्यस्त निर्देशक शान थापाले निर्देशन गरेको तीज गीतको म्युजिक भिडियो उत्कृष्ट बनेको छ । निर्देशक थापाले मोडल अशुलाई तारिफ योग्य काम गराएका छन् ।

    यो म्युजिक भिडियोमा अर्जुन तिवारीको सिनेम्याटोग्राफी, राजीव समरको कोरियोग्राफी र इडिट, कलर रहेको छ । 

    २०७९, श्रावण १४ शनिवार०४:०९:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार