काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दै छ । भारतको भुबनेश्वरमा हुने नेपाल भारतको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने जनाइएको छ ।
दुई खेल जितेको नेपालले तेस्रो जितका लागि भारतसँग खेल्न लागेको हो । नेपालले यसअघि मालदिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले पराजित गरेको थियो ।
पहिलो खेलमा बङ्गलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले पराजित गरेको थियो ।
फाइनल पुग्नका लागि नेपाल र भारत दुवैलाई यस खेल महत्त्वपूर्ण छ ।
जारी प्रतियोगितामा तिन खेल जितेर बङ्गलादेश शिर्ष स्थानमा छ । बङ्गलादेशले अन्तिम खेल नेपालसँग प्रतिस्पर्धा गर्दैछ ।