भारतसँग नेपालको लज्जास्पद हार, फाइनल पुग्ने सम्भावना न्यून

भारतसँग नेपालको लज्जास्पद हार, फाइनल पुग्ने सम्भावना न्यून

२०७९, श्रावण १६ सोमवार

  • 1.4K
    SHARES

  • भारतसँग नेपालको लज्जास्पद हार, फाइनल पुग्ने सम्भावना न्यून

    काठमाडौँ । यु २० पुरुष साफ च्याम्पियनसिपमा घरेलु टिम भारतसँग लज्जास्पद हार बेहोरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना न्युन बनेको छ। आइतबार नेपाली टिमले भारतसँग ८-० को फराकिलो हार बेहोर्‍यो।

    भुवनेश्वरस्थित कालिंगा रंगशालामा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गर्दा टाइसन सिंह लोङटोङबाङ, पथुम गिम्हाना, हिमान्सु जङ्ग्रा, टङ्कधर बाग, गुरकिरत सिंह र सुभो पौलले एक(एक गोल गरे ।

    खेलको ३२ औँ मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए। उनले नेपाली गोलकिपर ईश्वर गुरुङले बल समाउन नसक्दा आएको सुनौलो मौकामा टाइसनले हेडर गोल गरेका थिए।

    पहिलो हाफमा १-० को अग्रता लिएको भारतले दोस्रो हाफमा सात गोल थप्यो।

    खेलको ५० औँ मिनेटमा पार्थिवले भारतको अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटपछि पार्थिवले नै भारतलाई तेस्रो अग्रता दिलाए। ६४ औँ मिनेटमा पथुम गिम्हानाले चौथो गोल गर्दा ७२ औँ मिनेटमा हिमान्सु जङ्ग्राले अग्रतालाई ५-० मा पुर्‍याए। यस्तै, ७८ औँ मिनेटमा टंकधरले छैटौँ गोल गर्दा निर्धारित समयको अन्तिम मिनेटमा गुरकिरत सिंहले सातौँ गोल गरे। इन्जुरी समयमा पुनः एक गोल थप्दै भारतले ८- ० को फराकिलो जित निकाल्यो । 

    नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। भारतले तीन खेलबाट ६ अंक जोड्यो। समान अंक भए पनि नेपाल गोल अन्तरको आधारमा तालिकाको तेस्रो स्थानमा छ।

    अब, अन्तिम दिन नेपालले बंगलादेशको सामना गर्नेछ। जुन खेलमा नेपाल ५-० ले विजयी हुनुपर्नेछ।

    २०७९, श्रावण १६ सोमवार०८:०५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार