दाङमा भाउजूलाई बचाउन खोज्दा करेन्ट लागेर देवर-देवरानीको मृत्यु

दाङमा भाउजूलाई बचाउन खोज्दा करेन्ट लागेर देवर-देवरानीको मृत्यु

२०७९, श्रावण १७ मंगलवार

  • 1.7K
    SHARES

  • दाङमा भाउजूलाई बचाउन खोज्दा करेन्ट लागेर देवर-देवरानीको मृत्यु

    काठमाडौँ । दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर-देवरानीको मृत्यु भएको छ । मुत्या हुनेमा राप्ती गाउँपालिका-२ बाहुने पाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।

    करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घाइते भएकी छन् ।

    प्रहरी निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कपडा सुकाउँदै गर्दा भिमा गाहामगरलाई करेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि करेन्ट लाग्यो । त्यसपछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो । 

    बासु र हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । सुरुमा करेन्ट लागेकी भिमाको अवस्था भने सामान्य छ ।

    २०७९, श्रावण १७ मंगलवार०८:३४:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार