तेस्रो टी-२० मा भारत विजयी

तेस्रो टी-२० मा भारत विजयी

२०७९, श्रावण १८ बुधवार

  • 1.4K
    SHARES

  • तेस्रो टी-२० मा भारत विजयी

    काठमाडौँ । भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ। योसँगै भारत शृंखलामा २-१ ले अघि छ।

    १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो। भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए। यस्तै, ऋषभ पन्त ३३ रन जोडे।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो।

    वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन जोडे। भारतका भुवनेश्वर कुमारले २ विकेट लिए।

    पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल बेस्ट इन्डिज ५ विकेटले जित्यो।

    २०७९, श्रावण १८ बुधवार०७:२३:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार