डेव्यु खेलमै हालान्डको २ गोल, सिटीद्धारा वेस्ट ह्याम पराजित 

डेव्यु खेलमै हालान्डको २ गोल, सिटीद्धारा वेस्ट ह्याम पराजित 

२०७९, श्रावण २३ सोमवार

  • 1.3K
    SHARES

  • डेव्यु खेलमै हालान्डको २ गोल, सिटीद्धारा वेस्ट ह्याम पराजित 

    लन्डन । फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ।

    नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो।

    खेलको ३६ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५ औँ मिनेटमा सिटीको अग्रता दोब्बर पारे। यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भयो। युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए।

    पास्कल ग्रोसले ३०औँ मिनेटमा गरेको गोलबाट ब्राइटनले अग्रता लिएको थियो। त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्‍यो। ३९औँ मिनेटमा पास्कलले नै दोस्रो गोल गरे।

    युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो। खेलको ६८औँ मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो। -एजेन्सी । 

    २०७९, श्रावण २३ सोमवार०८:०३:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार