आइलिग खेल्दै दीपा, आज भारत जाँदै

आइलिग खेल्दै दीपा, आज भारत जाँदै

२०७९, श्रावण २५ बुधवार

  • 1.0K
    SHARES

  • आइलिग खेल्दै दीपा, आज भारत जाँदै

    काठमाडौँ । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आइलिग छनोट खेल्ने भएका छिन्।

    नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आइलिग छनोट खेल्ने आज (बुधवार) दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन्।

    दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरेला महिला लिगको च्याम्पियन आइलिगमा छनोट हुनेछ।

    ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु। यो मेरो विदेशमा पहिलो अवसर समेत हो’, दीपाले भनिन्।

    नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाइटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो।

    दीपाले सम्झौता एक वर्षको भएको र सम्झौता रकम भने गोप्य रहेको बताइन्।

    ‘प्रतियोगिताको लागि सम्झौता भएको हो। आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ’, दीपाले भनिन्।

    आजबाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्नेछन्। डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि अगष्ट ११ गते लड्र्स पिआरविरुद्ध खेल्नेछ। -एजेन्सी । 

    २०७९, श्रावण २५ बुधवार११:०२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार