सुपर कपको उपाधि रियल मड्रिडले जित्यो 

सुपर कपको उपाधि रियल मड्रिडले जित्यो 

२०७९, श्रावण २६ बिहिवार

  • 1.2K
    SHARES

  • सुपर कपको उपाधि रियल मड्रिडले जित्यो 

    एजेन्सी । स्पेनी महारथी रियल मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । मड्रिडका भेट्रान खेलाडी करिम बेन्जेमाले आफ्नो करियरको ३२४ औँ गोल गर्दै युइएफए सुपर कपको उपाधि रियल मड्रिडलाई जिताएका छन्।

    बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो। रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक-एक गोल गरे ।

    बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

    बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन्। उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन्। ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन्।

    २०७९, श्रावण २६ बिहिवार०७:५९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार