सहिद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय

सहिद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय

२०७९, श्रावण २६ बिहिवार

  • 1.4K
    SHARES

  • सहिद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले यो वर्षका लागि सहिद स्मारक ‘ए’, ‘बी’, ‘सी’ डिभिजन लिगको मिति तय गरेको छ ।

    सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको एन्फाको कार्यसमितिको दोस्रो बैठकले ए डिभिजन लिग पुस ८ देखि चैत ४ गते सम्म सञ्चालन गर्ने तय गरेको छ ।

    ए डिभिजन लिग सकिए लगत्तै चैत ६ देखि बी डिभिजन लिग सुरु हुनेछ । बी लिगका २०८० वैशाख १५ गते सम्पन्न हुनेछ ।

    त्यस्तै सी डिभिजन लिग भने २०८० वैशाख १८ गतेबाट जेठ २७ गते सम्म आयोजना गर्ने एन्फाको योजना रहेको छ । गत वर्ष फागुनमा सम्पन्न ए डिभिजन लिगमा मच्छिन्द्र फुटबल च्याम्पियन बनेको थियो ।

    एन्फाले सी डिभिजन लिग भने असोज १ देखि असोज ३० गते सम्म आयोजना गर्ने निर्णय गरेको छ । सोही बैठकले नेपाल सुपर लिगको दोस्रो संस्करण असोज २३ देखि मङ्सिर २ गते सम्म गर्न दिने निर्णय गरेको छ ।

    एनएसएल आयोजकसँग छलफलका लागि अध्यक्ष पङ्कजविक्रम नेम्वाङको संयोजकत्वमा समिति गठन भएको छ ।

     

    २०७९, श्रावण २६ बिहिवार०५:५१:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार