फिफा विश्वकप फुटबल एक दिन अगाडि सर्‍यो

फिफा विश्वकप फुटबल एक दिन अगाडि सर्‍यो

२०७९, श्रावण २७ शुक्रवार

  • 1.2K
    SHARES

  • फिफा विश्वकप फुटबल एक दिन अगाडि सर्‍यो

    काठमाडौँ । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ ।

    आगामी नोभेम्बरबाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको हो । जसमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात् तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो ।

    जसले गर्दा पनि उद्घाटन खेलमा नेदरल्याण्ड्स र सेनेगलबीचको विश्वकपको पहिलो उद्घाटन खेल हुने तय भएको थियो । आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ ।

    कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन अर्थात् उद्घाटनको दिनमा सारेपछि अब नोभेम्बर २१ मा भने तीन खेल मात्र हुनेछन् ।

    जसमा समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबिच प्रतिस्पर्धा हुनेछ । कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको छ ।

     

    २०७९, श्रावण २७ शुक्रवार०६:१८:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार