स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिनै हुँदैन : गगन थापा

स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिनै हुँदैन : गगन थापा

२०७९, श्रावण २८ शनिवार

  • 1.2K
    SHARES

  • स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिनै हुँदैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमाको जिम्मा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका निजी क्षेत्रलाई स्वास्थ्य बीमा गर्न दिए दिए त्यो बीमा नै नरहने धारणा राखे ।

    स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्‍याउने लक्ष्यका साथ यो कार्यक्रम सुरु भएकाले यसमा निजी क्षेत्र घुसाउन नहुने थापाको जोड छ ।  

    ‘हामीले कल्पना गरेको स्वास्थ्य बीमा भनेको युनिभर्सल एक्सेस (सबैसम्म पहुँच) हो । त्यसैले यो सरकारले के सोचेर ल्यायो अस्ति थाहा छैन । प्राइभेट (स्वास्थ्य बीमामा निजी क्षेत्र) लाई म दिन्छु भनेर गयो भने इन्स्योरेन्स नै रहँदैन । इन्स्योरेन्स नै होइन । हाम्रो यो सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा हो’ उनले भने ।

    महामन्त्री थापाले सरकारले स्वास्थ्य प्रणालीको सुधारलाई अस्पताल निर्माणसँग मात्र जोडेर हर्ने गर्कोमा आपत्ति जनाए । नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सकेमात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने पनि थापाको टिप्पणी छ । 

    २०७९, श्रावण २८ शनिवार०१:०४:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार