एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ।
गएराति इतिहाद स्टेडियममा सिटीले बर्नमाउथलाई ४-० ले पराजित गरेको हो।
सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक(एक गोल गरे। बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे।
खेलको १९ औँ मिनेटमा गुन्डोगनले गोल गरी सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३१ औँ मिनेटमा ब्रुनीले गोल गरी सिटीको अग्रता दोब्बर पारे। ३७ औँ मिनेटमा फोडेनले गोल गरी सिटीलाई ३-० ले अगाडि बढाए। ७९ औँ मिनेटमा लेर्माले आत्मघाती गोल गर्दा सिटीले शानदार जित निकाल्यो।
यो सिटीको लगातार दोस्रो जित हो। २ खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा छ। बर्नेमाउथको यो पहिलो हार हो।
अन्य खेलमा आर्सनलले ४-२, ब्रेन्टफोर्डले ४-०, साउथह्याम्पटन र लिड्स युनाइटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।