नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

२०७७, पौष २५ शनिवार

  • 2.6K
    SHARES

  • नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

    पौष २५, काठमाडौँ । 

    नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा शुक्रवार हस्ताक्षर भएको छ ।

    निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयुका स्कूल अफ इञ्जिनीयरिङका डीन डा डम्बरबहादुर नेपालीबीच सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । 

    पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    उनका अनुसार निगममा आधुुनिकीकरण थपिँदै जाँदा आउँदा दिनमा गर्नुपर्ने प्राविधिक तथा इञ्जिनीयरिङ क्षेत्रका कार्यमा थप सहयोग पुग्ने बताइएको छ । 

    २०७७, पौष २५ शनिवार०७:४२:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार