ला-लिगा : रियल मड्रिडको सानदार जित

ला-लिगा : रियल मड्रिडको सानदार जित

२०७९, भाद्र ५ आइतवार

  • 1.2K
    SHARES

  • ला-लिगा : रियल मड्रिडको सानदार जित

    लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ।

    उसले सेल्टा भिगोलाई ४-१ अन्तरले पराजित गरेको हो।

    खेलको १४ औँ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरी रियललाई सुरुवाती अग्रता दिलाएका थिए।

    २३ औ‍ँ मिनेटमा लागो आसपासले पेनाल्टीमार्फत् गोल गर्दै खेल १-१ को स्थितिमा ल्याए।

    यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले ४१ औँ मिनेटमा डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे।

    यसपछि भिनिसिअस जुनिअरले ५६ औँ मिनेटमा तेस्रो र फेडेरिको भाल्भार्डेले ६६ औँ मिनेटमा चौथो गोल गरे।

    खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो। तर इडेन हजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके।

    यस जितसँगै रियल २ खेलमा ६ अंक जोडी ला लिगाको शीर्ष स्थानमा छ‍ भने पराजित सेल्टा भिगो १४ ‍औँ स्थानमा छ। -एजेन्सी । 

    २०७९, भाद्र ५ आइतवार०८:१४:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार