काठमाडौं । सामाजिक सेवाभावका लागि अग्रणी संस्था लायन्स क्लव अफ काठमाडौं वशिष्ठले क्लव इन्स्टलेसन र चार्टर नाईट सेरेमोनी एकसाथ सम्पन्न गरेको छ ।
आइतवार काठमाडौंमा डिस्ट्रिक्ट ३२५ L अन्तर्गतको यस क्लवले गभर्नर लायन मणी श्री रत्न बज्राचार्यको प्रमूख आतिथ्यतामा दुवै कार्यक्रम सम्पन्न गरेको हो ।
क्लवको तेस्रो वार्षिकोत्सवको अवसर पारेर चार्टर प्रेसिडेन्ट लायन जेपी भट्टराईले आफ्ना स्व. पिताजीको स्मरणमा स्व. टिकाराम भट्टराई स्मृति अक्षयकोष स्थापना गरे ।

क्लवको जिवन्तताका लागि हाललाई अक्षयकोषमा रु २२२२२२/- (अक्षेरुपी रु दुई लाख बाईस हजार दुई सय बाइस) रकम प्रदान गरिएको र प्रत्येक साल यसमा थप गर्दै लगिने उनले बताएका छन् । उनी लायन्सको डिस्ट्रिक्ट क्वेष्ट चेयर पर्सन समेत हुन् ।
समाजसेवाका साथ सदस्यहरुलाई पनि लाभान्वित बनाउने उद्धेश्यले विविध अभिमुखिकरण र वृत्तिविकासका कार्यक्रम समेत संचालन गर्दै आएको यस क्लवलाई अक्षयकोष स्थापनाले थप मजबुत बनाएको कार्यक्रमका सभापति तथा सन् २०२२/२३ का प्रेसिडेन्ट लायन अजित कुमार भट्टराईले बताए ।
क्लवका सदस्य तथा अतिथि गरि झण्डैं ४० जना लायन पदाधिकारी तथा सदस्यहरुको उपस्थितिले सबैलाई मन्त्रमुग्ध बनाएको देखिन्थ्यो ।

गभर्नर बज्राचार्यका साथमा सेकेण्ड भाइस गभर्नर सुमन भट्ट क्षेत्री, क्याबिनेट सेक्रेटरी सुरेन्द्र शाक्य, क्याबिनेट ट्रेजरर हरि ढकाल, वोमेन्स लिडरसिप चिफ तारा भुसाल, प्रोइन चिफ मनकृष्ण श्रेष्ठ, ३आर कोअर्डिनेटर ई.सुशिल भट्टराई, व्लड डोनेशन कोअर्डिनेटर श्याम अधिकारी, गाइडलाइन विश्व भट्टराई लगाएतले कार्यक्रमलाई थप उत्साहित बनाएका थिए ।