काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ।
काठमाडौँ महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महावीर पुनबीच भएको भेटवार्तामा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।
मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा अड्चन आए नआएको बारेमा पनि छलफल भएको स्वकीय सचिव शाहले बताए।
आविष्कार केन्द्रले विशेष गरि प्रविधिको क्षेत्रमा दुरगामी महत्वका कार्य गर्दै आईरहेको छ ।
भूपदेवले स्वास्थ्य चौकी, पार्कलगायत अन्य क्षेत्रमा तिर्नुपर्ने शुल्कलाई पूर्ण रूपमा डिजिटलाइज गर्न सहकार्य गर्ने गरी कामहरू समेत हुने बताए।