धानखेतमा दुई किशोरीको शव फेला

धानखेतमा दुई किशोरीको शव फेला

२०७९, भाद्र २२ बुधवार

  • 1.0K
    SHARES

  • धानखेतमा दुई किशोरीको शव फेला

    जनकपुरधाम। धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई  किशोरीको शव फेला परेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीक्ुमारी महराको शव फेला परेको हो । 
     
    स्थानीयवासी खेतमा जाँदै गर्दा  ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले प्रहरी टोलीले  किशोरीद्वयको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको जानकारी दिए ।

    २०७९, भाद्र २२ बुधवार०२:३३:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार