म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

२०७७, पौष २६ आइतवार

  • 1.6K
    SHARES

  • म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

    पौष २६, काठमाडौँ ।

    बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छन् ।

    ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

    सो स्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरिन् ।

    सो प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भइन् ।

    गत वर्ष नेपालमै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक मात्र प्राप्त गरेकी थिइन् । 

    भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध हुन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चौथो भए ।

    बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरे । दौडका क्रममा उनलाई चोट लागेपछि दौडमापछि परेका प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए ।

     उनले १३औँ सागमा भने म्याराथनमा स्वर्ण जितेका थिए । उक्त स्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका छन् ।

    भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए । 

    २०७७, पौष २६ आइतवार०४:०९:१३
    प्रतिक्रिया
    सम्बन्धित समाचार