अछाममा विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

अछाममा विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

२०७९, आश्विन १ शनिवार

  • 1.2K
    SHARES

  • अछाममा विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

    काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् ।

    अछामको मङ्गलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकालगायत स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् ।

    उपराष्ट्रपतिले आज एक शोक सन्देशमार्फत पहिरो तथा डुबानका कारण निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    पहिरो तथा डुबानमा परी बेपत्ता हुनुभएकाको खोजमा सबै तहका सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजी कार्यलाई अझै प्रभावकारी बनाउन उनले आग्रह गरेका छन् । उनले पहिरोबाट विस्थापितका लागि पर्याप्त राहत र उचित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् ।

    मौसमविद्ले वर्षा अझै जारी रहने र बाढीपहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न उपराष्ट्रपतिले सबै पक्षलाई आग्रह गरेका छन् ।

    २०७९, आश्विन १ शनिवार०३:४९:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार