काठमाडौँ । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो। कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ।
सेना, प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ।