डेङ्गुका बिरामी बढे

डेङ्गुका बिरामी बढे

२०७९, आश्विन ८ शनिवार

  • 833
    SHARES

  • डेङ्गुका बिरामी बढे

    बाँके  । नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गुलगायत बिरामी राखेको छ । यहाँ डेङ्गुको बिरामी ४६ जना छन् ।  

    कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा बद्री चापागाईँले बताए ।  

    “यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन”, मेसु डा चापागाईँले भने । अस्पतालमा एक सय ५० शय्या छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् । 

    अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन् । पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेङ्गुबाट दुई जनाको मृत्यु भइसकेको छ । 

    यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिए ।

    २०७९, आश्विन ८ शनिवार०४:५५:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार