भक्तपुर । मध्यपुर ठिमी नगरपालिकाको सहयोगमा हुन गइरहेको अन्तर वार्ड स्तरिय फुटबल प्रतियोगिताका लागि लायन्स क्लव अफ काठमाडौं वशिष्ठका चार्टर प्रेसिडेन्ट जेपी भट्टराईले खेल सामाग्री सहयोग गरेका छन् ।
यहि असोज ८ गते शनिवारदेखि कार्तिक ७ गतेसम्म संचालन हुने एक महिने फुटबल खेलका लागि भट्टराईले करिव रु ५० हजार रकम बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।
मध्यपुर ठिमी नगरपालिकाको सहयोगमा मध्यपुर युथ यशोसिएसनले आयोजना गरेको उक्त खेलका लागि २५ जोर फुटबल जुत्ता, २५ जोर मोजा, २ जोर पञ्जा लगाएतका सामाग्री वार्ड नं ९ का अध्यक्ष श्री सानुकाजी राजबाहकलाई हस्तान्तरण गरेका छन् ।
खेलसामाग्री हस्तान्तरण कार्यक्रममा वार्ड नं ९ का क्याप्टेन संजय राजबाहक, सामाजिक अभियन्ता नारायण भट्टराई, खेमराज भट्टराई, टिका केसी भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।