वागमती प्रदेश भट्टराई परिवारद्धारा संयुक्त रुपमा दुर्गा स्थापना 

वागमती प्रदेश भट्टराई परिवारद्धारा संयुक्त रुपमा दुर्गा स्थापना 

२०७९, आश्विन १० सोमवार

  • 2.4K
    SHARES

  • वागमती प्रदेश भट्टराई परिवारद्धारा संयुक्त रुपमा दुर्गा स्थापना 

    भक्तपुर । वागमती प्रदेश भट्टराई कुलवंश प्रतिष्ठान परिवारले संयुक्त रुपमा दशैँ पूजाघर दुर्गा स्थापना गरेका छन् । 

    सोमवार घटस्थापनाका दिन भक्तपुरको राधेराधे स्थित प्रदेश कार्यालयको भवनमा विधिपूर्वक जमरा राखी प्रतिष्ठान परिवारले दशैँ पूजाघर स्थापना गरेका हुन् । 

    दशैँघरमा ५० घर परिवारका लागि सोही संख्याका आधारमा वैदिक विधिअनुसार कलश स्थापना गरि जमरा राखिएको छ ।

    16.jpg

    पूरोहितद्धारा दैनिक पूजाआराधना, चण्डी पाठका साथै ५० वटै परिवारको नाममा संकल्प गरि नवदुर्गाको पूजा गरिने व्यवस्था मिलाइएको छ ।

    महानवमीको दिन ९ जना कन्यालाई पूजा गरिनुका साथै दशमीका दिनमा सबै परिवारले आ -आफ्ना जमरा तथा टिका प्रसाद लगेपछि दशैको विधिवत समापन गरिने प्रदेश समिति अध्यक्ष नारायण प्रसाद भट्टराईले बताए ।

    18.jpg

    शुभकामना आदानप्रदान
    वागमती प्रदेशले घटस्थापनाका दिन बडादशैंँ, दिपावली, छठ लगाएतका चाडबाडका अवसरमा शुभकामना आदानप्रदान गरेको छ ।

    उक्त कार्यक्रममा भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय सदस्य राजेश भट्टराई, बाबुराम भट्टराई, पुष्पराज भट्टराई, प्रदेश समिति सचिव सुरज भट्टराई, सहसचिव जेपी भट्टराई, सदस्यहरु खेमराज भट्टराई, दिवाकर भट्टराई, डम्बर भट्टराई, केशव भट्टराई, रमेश भट्टराई लगाएतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    त्यसैगरि नुवाकोट अध्यक्ष राजकुमार भट्टराई, रामेछाप अध्यक्ष ध्रुव भट्टराई र भक्तपुर अध्यक्ष विदुर भट्टराईको समेत सहभागिता रहेको थियो । यस कार्यक्रममा करिव १ सय जनाले उपस्थिति जनाएका थिए । 

    12.jpg

    अक्षयकोष स्थापना 
    भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेश समितिले अक्षयकोष स्थापना गरेको छ ।

    वंश उत्थानका लागि सेवाभाव स्वरुप स्थापित प्रदेश कार्यालयलाई व्यवस्थित ढंगले संचालन गर्न आर्थिक अभाव भएपछि अक्षयकोष स्थापना गरि अगाडि बढ्ने निर्णय गरिएको वागमती प्रदेश समिति अध्यक्ष नारायण प्रसाद भट्टराईले बताए । कोषको राशी रु ५० लाख पुर्याउने लक्ष्य राखिएको छ ।  

    11.jpg

    कोष स्थापना गर्दै रु ५० हजार नगद आफुले तत्कालै प्रदान गर्ने घोषणा अध्यक्ष भट्टराईले गरेका थिए । 

    त्यस्तै उपाध्यक्ष कृष्ण भट्टराईले रु ५० हजार, सचिव सुरज भट्टराईले रु १० हजार, सहसचिव जेपी भट्टराईले रु ५० हजार, केन्द्रिय सदस्य पुष्पराज भट्टराईले रु १० हजार, तुलाराम भट्टराईले रु १० हजार लगाएत प्रतिष्ठानका अन्य पदाधिकारी तथा सदस्यहरुले पनि विभिन्न अंकको रकम घोषणा गरेका थिए ।

    यसको विस्तृत विवरण चाँडै नै प्रकाशित गरिने सचिव सुरज भट्टराईले बताए ।

    22.jpg19.jpg17.jpg13.jpg21.jpg     
      

    २०७९, आश्विन १० सोमवार०९:१६:०२
    प्रतिक्रिया
    सम्बन्धित समाचार