डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, साढे २७ हजारमा संक्रमण

डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, साढे २७ हजारमा संक्रमण

२०७९, आश्विन १२ बुधवार

  • 945
    SHARES

  • डेङ्गुबाट मुत्यु हुनेको संख्या ३६ पुग्यो, साढे २७ हजारमा संक्रमण

    काठमाडौँ । नेपालमा डेङ्गु संक्रमणबाट मुत्यु हुनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हालसम्म डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको हो।

    यो संख्या नेपालमा डेङ्गु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि २०७६ सालमा लगभग १८ हजार संक्रमित देखिँदा ६ जनाको मृत्यु भएको थियो।

    इडिसिडीका अनुसार संक्रमितको संख्या २७ हजार ५ सय ६९ पुगेको छ। पछिल्लो विवरण अनुसार बागमती प्रदेशमा २१ हजार ५ सय ८९ मा डेङ्गु भएको छ। लुम्बिनी प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८ सय २१, प्रदेश १ मा ८१५ संक्रमित रहेको इडिसिडीले जनाएको छ। त्यस्तै मधेश प्रदेशमा ४०५ र कर्णालीमा २३६ जनामा डेङ्गु भएको छ।

    सातवटा जिल्लामा मात्रै २३ हजार ५ सय ७१ संक्रमित रहेको इडिसिडीले जनाएको छ। सबैभन्दा धेरै काठमाडौँमा ९ हजार ४ सय ९६ ललितपुरमा ६ हजार ४ सय ९८ जनालाई डेङ्गु भएको छ।

    यस्तै मकवानपुरमा २ हजार ६ सय ९१ दाङमा १ हजार ४ सय १० र भक्तपुरमा १ हजार ७६ जनामा डेङ्गु देखिएको छ।

    २०७९, आश्विन १२ बुधवार०८:१६:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार