एमाले नेता बालकृष्ण ढुंगेलको निधन 

एमाले नेता बालकृष्ण ढुंगेलको निधन 

२०७९, आश्विन २२ शनिवार

  • 1.0K
    SHARES

  • एमाले नेता बालकृष्ण ढुंगेलको निधन 

    काठमाडौं । नेकपा एमाले पोलिट्ब्यूरो सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।

    ढुंगेल शनिबार विहान काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा मृत भेटिएका हुन् ।

    एमाले नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ ।

    यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । 

    २०७९, आश्विन २२ शनिवार०१:०६:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार