काठमाडौं । नेकपा (एमाले) काठमाडौ जिल्ला कमिटी स्थानीय निकाय बिभाग सदस्य एवं कामपा ३१ वडा पार्टी सदस्य दामोदर चौलागाईंको निधन भएको छ ।
उनको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान ३ः३० बजे निधन भएको हो । उनी दुई हप्ता अघिदेखि डेंगु संक्रमण भएर उपचाररत थिए ।
सामाजिक कार्यमा अत्यन्तै सक्रिय रहने चौँलागाईँ नेकपा एमालेको प्रतिवद्धता पत्र लेखन समितिमा समेत रहेर जिम्मेवारी बहन गर्दै थिए ।
अप्रत्यासित ढंगबाट चौँलागाईँको निधन भएकामा एमाले काठमाडौं १ ले पार्टी तथा समग्र देशकै लागि एक होनहार व्यक्ति गुमाउनु परेकोमा अपुरणिय क्षति भएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय कमिटी संयोजक धन बहादुर अछामीले जनाएका छन् ।
५७ वर्षीय चौँलागाईँका दुई छोरी र एक छोरा छन् ।