ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

२०७९, कार्तिक ११ शुक्रवार

  • 1.3K
    SHARES

  • ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

    फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । 

    भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।

    बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए ।  

    आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको तामाङले जाकारी दिए । 

    प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको छ । आगलागीको कारण खुल्न नसकेको वडाध्यक्ष तामाङले बताए । 

    २०७९, कार्तिक ११ शुक्रवार०९:३९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार