राप्रपा उमेदवार श्रेष्ठद्धारा एमाले उमेदवार गणेश दुलाललाई समर्थन 

राप्रपा उमेदवार श्रेष्ठद्धारा एमाले उमेदवार गणेश दुलाललाई समर्थन 

२०७९, कार्तिक २५ शुक्रवार

  • 3.3K
    SHARES

  • राप्रपा उमेदवार श्रेष्ठद्धारा एमाले उमेदवार गणेश दुलाललाई समर्थन 

    काठमाडौं । आसन्न निर्वाचनको मिती नजिकिँदै जाँदा ईतर पार्टीका उमेदवारलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिने क्रम बढ्दै गएको पाइएको छ । 

    शुक्रवार काठमाडौं क्षेत्र नं १ को प्रदेशसभा २ मा राप्रपा नेपालकी उमेदवार सविना श्रेष्ठले आफ्नो उमेदवारी फिर्ता लिएकी छन् ।

    उनले उमेदवारी फिर्ता लिए सँगै नेकपा एमाले उमेदवार गणेश प्रसाद दुलाललाई समर्थन गर्ने भएकी एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य तथा क्षेत्रिय संयोजक धन बहादुर अछामी र राप्रपा काठमाडौं अध्यक्ष श्याम घिमिरेद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

    यससँगै एमाले उमेदवार गणेश दुलाल निश्चित विजयतर्फ उन्मुख रहेका स्थानिय राजु घिमिरेले बताए । दुलाल क्षेत्रमा विकासवादी नेताको उपनामबाट परिचित छन् । यता उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका सुरजचन्द्र लामिछानेको राजनीति उत्ताउलो रहेको पनि घिमिरेको भनाई छ ।

    गत स्थानिय तह निर्वाचन सँगै राजनीति छोड्ने घोषणा सार्वजनिक गरेका लामिछाने हाल प्रदेशसभाका उमेद्वार छन् । यद्यपि उनको सो घोषणा लामिछानेले केहि दिनमै सामाजिक संजालबाट हटाएका अर्का स्थानियले बताए । 

    २०७९, कार्तिक २५ शुक्रवार१०:४१:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार