काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सम्मुखमा आईपुग्दा प्रचारका नयाँ नयाँ मोडल सार्वजनिक भएका छन् ।
पेशाकर्मीहरु विचमा अर्ध भुमिगत शैलिमा काम गर्दै आएको नेकपा एमाले पेशागत विशेष जिल्ला कमिटीले वर्तमान गठबन्धन सरकारलाई नै रक्षात्मक पार्ने गरि सत्यतथ्य सूचना सार्वजनिक गरिदिएकोे छ ।

खासगरि तथ्यांकमा आधारित रहेका डाटालाई तोेडमोड गरि जनता झुक्याउने काम वर्तमान सरकारले गरेकामा सत्यतथ्य कुरा बाहिर ल्याउन आफुहरु बाध्य भएको विशेष जिल्ला कमिटी अध्यक्ष उमेश ढकालले बताए ।
विगतको एमाले सरकारले गरेका राम्रा कामहरुलाई गठबन्धन सरकारले भ्रमपूर्ण तरिकाबाट कुप्रचार गरेको छ जसको चिरफार गर्नु आफ्नो दायित्व भएकाले सो गर्न बाध्य हुनु परेको ढकालले भनेका छन् ।

विशेष जिल्लाले तयार गरेको उक्त तथ्यपरक फोटो म्यासेजहरु अत्यधिक डाउनलोड गरिएको पाईएको छ ।



