विश्वमा आठ अर्बौँ शिशुको जन्म

विश्वमा आठ अर्बौँ शिशुको जन्म

२०७९, कार्तिक ३० बुधवार

  • 1.2K
    SHARES

  • विश्वमा आठ अर्बौँ शिशुको जन्म

     


    एजेन्सी  । संयुक्त राष्ट्रसंघका अनुसार मंगलबार विश्वको कुनै पनि भागमा जन्मिने पहिलो शिशु आठ अर्बौँ व्यक्ति बन्नेछन् ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले एक विज्ञप्ति जारी गर्दै पृथ्वीको लागि मानवताको साझा जिम्मेवारीलाई विचार गर्दै विविधता र प्रगतिहरू मनाउने अवसर भएको बताएका छन् । 


    संयुक्त राष्ट्रसंघले जनस्वास्थ्य, पोषण, व्यक्तिगत सरसफाइ र औषधिमा भएको सुधारलाई मानव विकास वृद्धिसँगै दीर्घायुको श्रेय दिएको छ । 

    साथै विश्वको जनसंख्या बढ्नुको अर्को कारण विशेषगरी विश्वका गरिब मुलुकहरूका जन्मदरमा आएको वृद्धिलाई पनि लिइएको छ । 


    अधिकांश उप–सहारा अफ्रिकामा रहेका यस्ता मुलुकहरूमा अत्यधिक जनसंख्या वृद्धिका कारण उनीहरूको विकासका लक्ष्य खतरामा परेको पनि बताइएको छ । साथै जनसंख्या वृद्धिले आर्थिक विकासको वातावरणीय प्रभावलाई पनि बढाएको छ । सन् १९५० मा दुई अर्ब ५० करोड जनसंख्या थियो । एजेन्सीको सहयोगबाट

    २०७९, कार्तिक ३० बुधवार०८:५२:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार