प्रतिनिधिसभामा कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा २९ वर्षीय युवा उमेद्वार योगेश विजयी

प्रतिनिधिसभामा कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा २९ वर्षीय युवा उमेद्वार योगेश विजयी

२०७९, मंसिर ५ सोमवार

  • 1.1K
    SHARES

  • प्रतिनिधिसभामा कांग्रेसको विजयी सुरुवात, मुस्ताङमा २९ वर्षीय युवा उमेद्वार योगेश विजयी

    मुस्ताङ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।   

    निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।   

    मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् ।  
     
    आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो । योगेश सम्भवतः कान्छो प्रतिनिधिसभा सदस्य बन्नेछन् । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुन् । 

    २०७९, मंसिर ५ सोमवार०१:५१:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार