काठमाडौँ-४ मा काँग्रेस महामन्त्री गगन थापा विजयी

काठमाडौँ-४ मा काँग्रेस महामन्त्री गगन थापा विजयी

२०७९, मंसिर ६ मंगलवार

  • 817
    SHARES

  • काठमाडौँ-४ मा काँग्रेस महामन्त्री गगन थापा विजयी

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् ।

    काठमाडौँ-४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । तर औपचारिक घोषणा हुन भने बाँकी छ ।

    ०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यस पटक थापाले मतान्तर थप फराकिलो बनाएका छन् ।

    ०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुइँकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।

    ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै काँग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी काँग्रेस महामन्त्री छन् ।

    २०७९, मंसिर ६ मंगलवार११:४३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार