बलियो इक्वेडरलाई पाखा लगाउँदै सेनेगल नकआउट चरणमा

बलियो इक्वेडरलाई पाखा लगाउँदै सेनेगल नकआउट चरणमा

२०७९, मंसिर १४ बुधवार

  • 773
    SHARES

  • बलियो इक्वेडरलाई पाखा लगाउँदै सेनेगल नकआउट चरणमा

    काठमाडौँ । सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

    मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

    सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे । इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए । यस जितसँगै सेनेगल समूह ‘ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।

    सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ । सेनेगलले ३ खेलमा ६ अंक जोड्यो । इक्वेडर समूह चरणबाट बाहिरिएको छ । इक्वेडरले ३ खेलमा ४ अंक जोड्यो ।

    २०७९, मंसिर १४ बुधवार०७:२२:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार